‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट सम्पादक खड्का पुरस्कृत

भञ्ज्याङ न्यूज

प्रेस चौतारी नेपाल तनहुँ शाखाद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट भञ्ज्याङ दैनिकका सम्पादक नारायण खड्कालाई पुरस्कृत गरिएको छ ।

शाखाको शुक्रबार दमौलीमा सम्पन्न १३औ साधारणसभाको अवसरमा शाखाका पूर्व अध्यक्ष समेत रहेका सम्पादक खड्कालाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरा लामा लगायतले पुरस्कृत तथा सम्मानित गरेका थिए । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष पाण्डेद्वारा निर्मित ‘मरेर बाँचेका’ र ‘अन्तिम सन्देश’ नामक दुइ वृत्तचित्र शाखाले प्रदर्शन गरेर संकलन गरेको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । उक्त अक्षयकोषबाट वार्षिक रुपमा पत्रकारलाई पुरस्कृत गर्दै आइएको छ । यसअघि उक्त पुरस्कारबाट पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराइ, बसन्ती बास्तोलालाई प्रदान गरिसकिएको छ ।

कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष पाण्डेले प्रेस चौतारी अन्य पत्रकार संगठनभन्दा सशक्त रुपमा प्रस्तुत हुँदै आएको बताए । उनले बदलिदो परिस्थिति अनुसार पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउन स्वयं पत्रकारहरु नै जागरुक हुनुपर्ने बताए ।

जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ विविको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइ, पूर्व केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी विश्ववन्धु भण्डारी, प्रेस चौतारी गण्डकीका महासचिव आश गुरुङ लगायतले पत्रकारिता क्षेत्रका चुनौति र अवसरका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker