डेढ वर्षपछि भेटियो सिमलताल दुर्घटनामा परेको गणपति डिलक्सको बस

चितवन : डेढ वर्षअघि चितवनको भरतपुर–२९, सिमलतालस्थित त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा गणपति डिलक्सको बस फेला परेको छ ।

आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको फला पारेको हो । खोजी कार्यमा खटिएका सशस्त्र प्रहरी हवल्दार ललितबहादुर काम्चाले उत्खनन् गर्दा गणपति डिलक्स लेखिएको भाग फेला परेको कान्तिपुरलाई जानकारी दिए । उनले अझै उत्खनन कार्य भइरहेको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गणपति डिलक्स नै रहेको पुष्टि भएपछि खोजी कार्यलाई थप निरन्तरता दिइने बताए ।

२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।

दुर्घटनामा परेकामध्ये केहीको मात्रै शव फेला परेको थियो । बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोरसमेत ल्याएको थियो । तर बस फेला पर्न सकेको थिएन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker