मालेपाटन-१ जातको बोडीको वीउ

तनहुँको देबघाट गाउँपालिका-३ नालबुङ्गको राज एकीकृत कृषि फार्म र गुरुङ एकीकृत कृषि फार्मले उत्पादन गरेको मालेपाटन-१ जातको बोडीलाई बीउका रुपमा प्रमाणिकरण पश्चात बिक्री वितरणको लागि तयारी गरिदै । यहाँ उत्पादित बोडीको वीउविजन प्रयोगशाला गण्डकी प्रदेशले प्रमाणित स्तर र उन्नत स्तरको गरी दुइ वर्गमा बीउको प्रमाणिकरण गरेको राज एकीकृत कृषि फार्मका सञ्चालक गन्जसिंह बिकले बताए । मालेपाटन-१ जातको प्रजनन् वीउ, मुल वीउ, प्रमाणित वीउ र उन्नत वीउ गरी चार प्रकारमा वर्गीकरण गरिन्छ । यो जातको वीउ प्रतिकिलो ४ देखि ५ सय रुपैयाँमा खरिद बिक्री हुने गर्दछ । तस्विर : भञ्ज्याङ










