नवौं तनहुँ महोत्सव सुरु (फोटोफिचर)

तनहुँ उद्योग वाणिज्य संघले आजबाट दमौलीमा नवौं तनहुँ महोत्सव–२०८१ सुरु गरेको छ । महोत्सव शुभारम्भका अवसरमा दमौलीमा आ–आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ कृषि, पर्यटन तथा प्रविधि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक बैकुण्ठनाथ मिश्रले बताएका छन् ।

किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्ने लगायत समस्याले गर्दा जमिन बाँझिने क्रम तथा युवा पलायन हुने क्रम बढेकाले महोत्सवका माध्यमबाट कृषि क्षेत्रको प्रवद्र्धनमा टोवा पु¥याउने लक्ष्य लिइएको उनले बताए ।

महोत्सवका माध्यमबाट कृषि, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय स्तरमै रोजगारीको वातावरण सृजना गर्ने तथा जिल्लाको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिकस्थलको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठले बताए ।

कृषिउपज, हस्तकला, स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी, दुग्धजन्य उपज तथा उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगायत मासुजन्य वस्तुको बिक्री, मत्स्यजन्य परिकारसमेत महोत्सवमा प्राथमिकताका साथ राखिने आयोजकले जनाएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










