युवा संघ तनहुँद्वारा बिहीबार साँझ दमौलीमा राँके जुलुस
भञ्ज्याङ समाचारदाता/दमौली
नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघ तनहुँले बिहीबार साँझ दमौलीमा राँके जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघले राँके जुलुस निकालेको हो ।
रबहादुर देउवा नेतृत्वको सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोधस्वरुप राँके जुलुस निकालेको युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सनाले बताए ।
यस्तै, युवा संघका कार्यकर्ता राँके जुलुस निकाल्दै गर्दा प्रहरीले निभाउँदै हिँडेको थियो । नेकपा एमाले तनहुँको पार्टी कार्यालय परिसरबाट निकालिएको राँके जुलुस दमौली स्थित ट्राफिक चोकमा नारा जुलुस गरी समापन गरिएको थियो ।