समुदायमा सिप सिकाउँदै भिमादको तनहुँ प्राविधिक शिक्षालयका प्रशिक्षार्थी

भञ्ज्याङ न्यूज

तनहुँ प्राविधिक शिक्षालय भिमादले कृषि उत्पादनमा युवा स्वयंसेवक विकास तथा परिचालन बिषयक तीन दिने कार्यशाला गरेको छ। राष्ट्रिय युवा परिषदको आयोजना र तनहुँ प्राविधिक शिक्षालयको सहकार्यमा उक्त कार्यशाला गरिएको हो ।

कार्यक्रममा शिक्षालय प्रमुख प्रदिपराज पौडेलले शिक्षालय र कृषक समुदायलाई जोड्ने गरी कार्यक्रमले भूमिका खेलेको र आगामी दिनमा यस किसिमको कार्यक्रम शिक्षालयले नै संचालन गर्ने बताउँदै उनले स्थानीय सरकार तथा अन्य संघ सस्थासंग समन्वय गरी संचालन गरिने पनि बताए ।

राष्ट्रिय युवा परिषद उप-सचिव कमला ज्ञवालीले सिप र श्रमलाई सम्मान गर्नु पर्नेमा जोड दिए । प्राविधिक सिपमा दक्ष जनशक्ति नहुँदा देशको ठुलो रकम विदेशिएको चर्चागदै उनले प्रशिक्षार्थिलाई उद्यमी स्वरोजगार बन्न उत्प्रेरित गर्नेर आगामी बर्षा अझ प्रवाभकारी ढंगले यस किसिमको कार्यक्रम संचालन गरिने प्रतिबद्धता जनाए ।

भिमाद ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले आफु श्रमलाई सम्मान गर्ने, श्रम गर्दै अहिलेको अवस्थामा आइपुगेको बताए । उद्यम प्रशिक्षार्थिले भिमाद नगरपालिका भित्र जहाँ कतै व्यवसाय गरे आफुले नगरपालिकाबाट सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थी प्रशिक्षकहरुलाई अध्यक्ष र परिषद उप-सचिव ज्ञवालीले संयुक्त रुपमा प्रमाणपत्र वितरण गरेका थिए भने राष्ट्रिय युवा परिषदका शाखा अधिकृत गंगा न्यौपानेले सहजिकरण गरेका थिए। तनहुँ प्राविधिक शिक्षालयका प्रशिक्षर्थिहरुलाई एक दिन गड्यौला मल बनाउने प्रविधि, बर्ेना उत्पादन प्रविधि, खनिज ढिक्का बनाउने तरिका तथा करेसाबारी सम्बन्धी प्राविधिक सिपको अभिमुखीकारण गरिएको थियो ।

भिमाद नगरपालिका-३ को जलौदी, वडा नं. ५ को आठाइस तथा साउने र वडा नं. ६ को बागटार टोलमा पाँच समुहमा ८० जना कृषकलाई सिप र प्रविधिका विषयमा सहजिकरण गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker