तनहुँको शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

राजकुमार आले

तनहुँको शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । रनिङ शिल्डको पहिलो दिन शुक्रबार विभिन्न नौ विधामा स्पर्धा गराइएको छ । १५०० मिटरको छात्र दौडमा अरनिको मावि खैरेनीटारका सुगम गुरुङले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै पञ्चमुनीदेव मावि दुलेगौँडाका मिलन थापाले रजत र पञ्चमुनिदेवकै अशोक आलेले काँस्य पदक जिते । १५०० मिटरको छात्रा दौडमा दिवस मावि उदेनढुङ्गाकी सीमा वि.कले स्वर्ण जितिन् । सीमाले पहिलो र दोस्रो रनिङ शिल्डमा पनि स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै पञ्चमुनिदेव माविकी दुर्गा थापाले रजत र छब्दी माविकी विनिता वि.कले काँस्य पदक जितिन् ।

४०० मिटर छात्र दौडमा हंशवाहिनी मावि एक्लेखेतका रोशन भुजेलले स्वर्ण, सुर्यदय मावि भुरुङ्गेका रामप्रसाद अधिकारीले रजत र नेपाल पुलिस स्कुलका कृष्ण श्रेष्ठले कास्य पदक जिते । छात्रमतर्फको ४०० मिटर दौडमा महेन्द्र मावि राईपुरकी दुर्गा थापाले स्वर्ण, तालवेँशी माविकी मञ्जु केसीले रजत र पञ्चमुनिदेव माविकी विनिता सुनारले कास्य पदक जित्न सफल भइन् ।

छात्र शटपुटतर्फ पञ्चमुनिदेव माविका अमृत कुमालले स्वर्ण, नेपाल पुलिस स्कुल बेलचौतराका ओशन गुरुङले रजत र छब्दी माविका दुर्गाबहादुर सुनारले कास्य पदक जिते । त्यस्तै गरी छात्रतर्फको ४×१०० रिले स्पर्धामा पञ्चमुनिदेव मा.विका मन्दीप राना, अमृत कुमाल, सुमन श्रेष्ठ र सुदीप कुँवरको समुहले स्वर्ण जिते ।

हंशवाहिनी माविका ओमकार गुरुङ्ग, रोशन भुजेल, आशिष सुनार, अमृत विकको समुहले रजत र सूर्योदय मा.विका विसन सारु मगर, रामप्रसाद अधिकारी, मेघराज गुरुङ्ग र रोशन मालको समुहले कास्य पदक जिते ।

छात्रातर्फको ४×१०० रिले स्पर्धामा नेपाल पुलिस स्कुलका सफता गौली, कीर्ति थापा, लक्ष्मी मल्ल, सभ्यता श्रेष्ठको समुहले स्वर्ण, खैरेनी मा.विका सुमिना थापा मगर, पूजा श्रेष्ठ, कृष्ण कुमाल, ममता दर्जीको समुहले रजत र तालबेसी मा.विका मञ्जु के.सी., मञ्जु सुबेदी, सलीना गौतम, भीम श्री गुरुङ्गको समुहले कास्य पदक जितेका छन् ।

त्यस्तै छात्र ज्याभलिन थ्रोमा हंसवाहिनी मा.विका किरण कुँवरले स्वर्ण,हंसवाहिनीकै खेम गुरुङ्गले रजत र पञ्चमुनिदेव मा.विका अमृत कुमालले कास्य पदक जितेका छन् । छात्रातर्फको ज्याभलिन थ्रोमा ञ्चमुनिदेव मा.विकी प्रतिमा सुनारले स्वर्ण, हंसवाहिनी मा.विकी रुपा पोखरेलले रजत र हंसवाहिनीकै अस्मिता डिमडुङ्गले कास्य पदक जित्न सफल भएका छन् ।छात्रा भलिबलमा भने शनिबार स्वर्ण पदकका लागि गाउँफर्कोदय र पञ्चमुनिदेव भिड्ने रनिङ शिल्ड प्रतियोगिताका सुचना अधिकारी रोशन हमालले जानकारी दिए ।

यि नौ विद्याको स्पर्धामा पञ्चमुनीदेव मावि दुलेगौँडा अगाडी रहेको छ । पञ्चमुनीले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको छ । हंशवाहिनी मावि एक्लेखेतले २ स्वर्ण, ३ रजत र १ कास्य पदक हात पारेको छ । नेपाल पुलिस स्कुल बेलचौताराले १/१ स्वर्ण, रजत र कास्य पदक जितेको छ । अरनिको मावि ,दिवस मावि र महेन्द्र माविले एक-एक स्वर्ण जितेको छन् ।

गाउँफर्काेदय मावि गणपतेको व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा प्रमुख गुरुङले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै खेलकुदको महत्वका विषयमा चर्चा गरेका थिए ।गाउँफर्कोदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सविता रसाइली, वडा नं-८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, विद्यालयका पुर्वप्रधानाध्यापक कृष्णप्रसाद लम्साल लगायतले बोलेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker