भिरबाट लडेर किशोरको मृत्यु

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ झरौटा स्थित सिसौघारी भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी अन्दाजी १७ वर्षीय अस्मित राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठ २० गते राति करिब ११:३० बजे अस्मित राना सहित केही व्यक्तिहरू मदिरापान गरी बसेका थिए। सोही क्रममा अस्मित पिसाब फेर्न जाँदा जि.पी. कोइराला अस्पतालको पछाडिपट्टि झरौटा खोलासँग जोडिएको सिसौघारी भिरबाट करिब ९० मिटर तल खसेर गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई उद्धार गरी राति १२:२० बजे जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटामा उपचारका लागि ल्याइएको थियो। उपचारकै क्रममा राति १२:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker