बन्दिपुर अस्पतालमा “पाठेघर र स्तन क्यान्सर” सम्बन्धी निःशुल्क शिविर हुने
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित बन्दिपुर अस्पतालमा दुइ दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गरिने भएको छ । स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार यहि असार ८ र ९ गते शिबिर समेत संचालन हुन लागेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।
नेपाल क्यान्सर केयर अष्पताल र नेश्नल हस्पिटल एण्ड क्यान्सर सेन्टर जाउलाखेलको प्राबिधिक सहयोगमा महिलाहरुको लागी स्तन क्यान्सर सम्बन्धी परिक्षण पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण (भिआए टेस्ट) हुन लागेको हो ।
फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ । स्तन र पाठेघरको उपचार निकै महँगो भएकाले समयमै यो रोगको पहिचानका लागि बन्दिपुरका सो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्या सुरेन्द्र बहादुर थापाले बताए ।










