तनहुँमा असार १५ अर्थात धान दिवस (फोटोफिचर)

नारायण खड्का/भञ्ज्याङ

असार १५ अर्थात धान दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाइएको छ । खेतमा काम गरी दहीचिउरा खाएर तथा धानको वीऊ रोप्ने, हिलो खेल्नुका साथै हिलोमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत गरिएको छ ।

आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । युवा-युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन् । असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।

असार महिनामा मानो रोपेर मुरी उब्जाउने मान्यता छ ।

तर, पछिल्लो समय असारे गीतको भाका लोपको संघारमा पुगेका छन् । कही कतै ग्रामीण क्षेत्रमा असारे गीत गाउने प्रचलन रहेपनि शहर बजार क्षेत्रमा भने लोप भइसकेको छ ।

तनहुँको १० वटै पालिकाका खेत तथा फाँटहरुमा किसानहरु यति बेला रोपाईमा व्यस्थ छन् । धान दिवसका अवसरमा विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रम गरी धान दिवस मनाएका छन् ।

यस्तै, शिक्षण संस्थाहरुले विद्यार्थीहरुलाई खेतमा लगि हिलो खेलाउने तथा धान रोपाईका विषयमा जानकारी गराउने पनि गरेका छन् ।

सरकारले २०६१ साल मंसिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष’धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेटि्रक टन धान उत्पादन हुन्छ । नेपालको आर्थिक वृद्धिदर नै धानको उत्पादनमा निर्भर छ । किसानले बर्सेनि मलको समस्या भोग्दै आएका छन् ।

चालु आर्थिक वर्षा ११ महिनामा ७० अर्ब रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यसमध्ये ४५ अर्ब रुपैयाँभन्दा धेरैको धान, चामल, कनिका र धानको बीउ रहेको तथ्याङ्क छ ।

 

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker