पल शाह प्रकरण : तनहुँ अदालतबाट शाह र जोशी विरुद्ध पाँच दिनको म्याद थप

भञ्ज्याङ न्यूज

नावालिगलाई जवरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाहलाई) जिल्ला अदालत तनहुँबाट तेश्रो पटक ५ दिनको म्याद थप गरिएको छ । अनुसन्धान पुरा नभएको भन्दै तनहुँ प्रहरीले अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप गरेको हो ।

यस्तै, मतियारको भुमिका निर्वाह गरेको भन्दै गत शुक्रबार पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए । दुबै जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

नाबालिगलाई जबरजस्तीकरणीको आरोपमा शाहबिरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएको ५ दिनमा शाह प्रहरीको सम्पर्कमा आएका थिए । अनुसन्धानका लागि पहिलो चरणमा ५ दिनको र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको थियो ।

यस्तै, अभियुक्त शाह विरुद्ध गत फागुन १६ गते गैडाकोटमा पनि जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । सोही जाहेरीमा अनुसन्धनका लागि उनीलाई गत फागुन २४ गते नवलपरासी लगेर गत शुक्रबार पुनः तनहुँ ल्याइएको छ । नावालिग जबरजस्तीकरणी अभियोगमा अनुसन्धानमा रहेका अभिनेता शाहविरुद्ध जिल्ला अदालत पर्ूर्वी नवलपरासीमा बिहीबार मुद्दा दर्ता भएको छ ।

तनहुँ प्रहरीले अभियुक्त कृष्णप्रसाद जोशीलाई जिल्ला अदालत तनहुँबाट थप अनुसन्धानका लागि म्याद थप गरी निस्कदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ

नबालिगले आफूलाई एक वर्ष अघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । त्यो उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया नाबालिगका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा अभिनेता शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जाहेरी दर्ता गराएका थिए । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिकामाथि पटकपटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको छरु। करिब ३ महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले ‘छोरीलाई के भएछ ?’ भनी परिवारले कर गर्दा करणीको कुरा खुलाएको जाहेरीमा उल्लेख छ । शाहविरुद्ध तनहुँ र गैंडाकोटमा जाहेरी दर्ता गर्ने किशोरी एउटै भएको प्रहरीको भनाई छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएकै भए पनि १८ वर्षन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker