दमौली अस्पतालमा थपिए दुइ थान डायलाइसिस मेसिन थपिए

दमौली । तनहुँको दमौली अस्पतालमा दुइ थान डाइलाइसिस मेसिन थपिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुइ थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको हो ।
कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई ती मेसिन हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा. बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।










