व्यास नगरपालिकाद्वारा ८२२ जना अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले ८२२ जना अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ । नगरपालिकाको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले दिएको तथ्याङ्क अनुसार क वर्गकालाई रातो, ख वर्गकालाई निलो, ग वर्गकालाई पहेलों कार्ड र घ वर्गको अपाङ्गता भएका व्यक्तिलाई सेतो परिचय पत्र प्रदान गरिएको हो ।

नगरपालिकाले रातो कार्ड १३५ जनालाई, निलो कार्ड ३३६ जनालाई, पहेंलो कार्ड २३५ जनालाई र सेतो कार्ड ११६ जनालाई वितरण गरेको छ । सरकारबाट प्राप्त रकम नगरपालिकाले ‘क’ र ‘ख’ वर्गलाई मासिक क लाई चार हजार र ‘ख’ वर्गलाई दुइ हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ ।

सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको भएपनि ‘ग’ वर्गलाई भने सुविधा प्रदान गरेको छैन । संघीय सरकारले रातो कार्ड भएका व्यक्तिलाई मासिक ४ हजार र निलो कार्ड भएकालाई २ हजार १२८ रुपैया भत्ता प्रदान गर्दै आएको छ ।

नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप पहेंलो कार्ड भएका व्यक्तिलाई वार्षिक ४ हजार रुपैयाँ भत्ता दिंदै आएको उपप्रमुख इन्द्रिरा दरैले बताइन् । उनले भनिन्, ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ तर व्यास नगरपालिकाले पहेंलो कार्ड भएकालाई पनि रकम प्रदान गरेको छ ।’

सामाजिक सुरक्षा भत्ता र पेन्सन पाउनेहरुलाई भने प्रोत्साहन रकम दिईने गरिएको छैन । सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहने हुँदा काम गरी खान सक्ने भएकाले भत्ता बितरण नगरिएको बताइएको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले राज्यले प्रदान गर्ने स्वास्थ्य, शिक्षा र रोजगारीमा छुटको व्यवस्था हुन्छ भने लोकसेवामा लड्न पाउने व्यवस्था गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker