व्यास नगरपालिकाले विपन्न वर्गको निःशुल्क घर नक्सा निर्माण गरिदिने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने भएको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन र पक्की घर बनाउने तर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक इञ्जिनियर सञ्जय तिमिल्सेनाले बताए ।
निःशुल्क नक्सा कार्यक्रम अन्तर्गत वडा मार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्क रुपमा नक्सा निर्माण गर्ने गरेको उनले बताए । अहिलेसम्म उक्त कार्यक्रम मार्फत ५ जनाले निःशुल्क रुपमा घरको नक्सा पास गरी घर निर्माण गरेका छन् ।
‘वडा मार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरुले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौं’, उनले भने, ‘दुइ, तीन र चार कोठे घरका लागि विभिन्न ८ वटा मोडल रहेका छन् ।’
कतिपय नागरिकहरूले नक्सा बनाउने खर्च धेरै भएका कारण कच्चा घरमै बस्नुपर्ने वाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
विभिन्न कन्सलटेन्सिहरूले महंगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने व्यवस्था गरिएको नगरप्रमुख न्यौपानेले बताए ।
घर नक्सा शाखाका प्रमुख अमित के.सीले घरको नक्सा निर्माणका लागि आर्किटेक इन्जिनियरहरूलाई खटाइएको बताए । उनले पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउने बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker