पाठेघरको मुखको क्यान्सर सम्बन्धी जनचेतना तथा भिआइए स्क्रिनिङ

दमौली : प्रदेश अस्पताल दमौली, तनहुँले व्यास नगरपालिका–१४ केशवटारमा पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर सम्बन्धी जनचेतना एवं भिआइए (एसिटिक एसिड प्रयोग गरी गरिने दृश्य परीक्षण) स्क्रिनिङ कार्यक्रम गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमला मोहन वाग्लेले पाठेघरको मुखको सम्भावित क्यान्सर समयमै पत्ता लगाउन सके क्यान्सरजस्तो घातक रोगसमेत निको हुन सक्ने बताए। उनले सदरमुकामभन्दा टाढाका गाउँमा समेत यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
व्यास–१४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले प्रदेश अस्पताल दमौलीका मे.सु. डा. परिवर्तन बरालसँगको समन्वयमा क्यान्सर सम्बन्धी सचेतना तथा भिआइए स्क्रिनिङ शिविर आयोजना गरिएको जानकारी दिँदै महिलाहरूलाई स्वास्थ्य परीक्षण गराई अधिकतम लाभ लिन आग्रह गरेका थिए ।
व्यास नगर कार्यपालिका सदस्य नरिमाया थापाले छोटो सूचनाका कारण टाढाबाट सहभागिता कम भए पनि केशवटार आसपास र रुम्सी गाउँबाट उल्लेख्य सहभागिता रहेको बताइन् ।
प्रदेश अस्पताल दमौलीका व्यवस्थापन समिति अध्यक्ष कमला मोहन वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल, प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठ, डा. रविन पण्डित लगायतले पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए ।
कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको भिआइए स्क्रिनिङमा ४६ जना महिलाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २ जनामा पोजेटिभ नतिजा देखिएको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker