विविध कार्यक्रम गरी तनहुँमा तीन दिनसम्म संविधान दिवस मनाइने

भञ्ज्याङ समाचारदाता/दमौली

संविधान दिवसका अवसरमा तनहुँमा विविध कार्यक्रम गरिने भएको छ । संविधान दिवस मनाउने सन्दर्भमा सोमबार बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा विभिन्न कार्यक्रम गरी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
संविधान दिवसको अवसरमा जिल्ला स्थित सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था, सार्वजानिक निकायहरुले राष्ट्रिय झण्डा र व्यानरको सजावट र कार्यालय परिसरको सरसफाई गर्ने, जिल्ला भित्रका सबै धार्मिक स्थल तथा सम्पदाहरुको सम्बन्धित स्थानीय तहको संयोजनमा सरसफाई गर्ने, जिल्ला स्थित सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था, सार्वजानिक निकायहरुमा असोज २, ३ र ४ गते साँझ दिपावली गर्ने र असोज ३ गते जिल्लाका सबै सर्वसाधरणले घर घरमा दिपावली गर्ने निर्णय भएको छ ।
जिल्ला स्थित छापा तथा विद्युतीय सञ्चार माध्यममा संविधानको महत्वको सम्बन्धी लेख, रचनाहरु प्रकाशित गर्ने तथा जिल्ला स्थित धार्मिक संस्था तथा मठ मन्दिरमा विहानको प्रार्थनाको समयमा राष्ट्रियता, लोकतन्त्र र संविधानको पक्षमा ज्यानको उत्सर्ग गर्ने विर शहिदहरुको सम्झनामा श्रद्धान्जली अर्पण गर्ने तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको संयोजनमा नेपालको संविधान विषयमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ ।
त्यसैगरि असोज २ गते बिहान दमौली बजार सरसफाई गर्ने तथा असोज ३ गते बिहान ७.३० बजे सबै संघ संस्था, सरकारी निकाय, गैर सरकारी संघ संस्था, सुरक्षा निकाय, आमा समुह, जातीय संघ संस्था, युवा क्लव, राजनीतिक दल लगायत सबैको सहभागितामा दमौलीमा प्रभातफेरी आयोजना गर्ने निर्णय भएको छ ।
साथै प्रभातफेरी पश्चात व्यास-३ को अस्पताल रोडमा बुधबारे हाटबजार उद्घाटन गर्ने र प्रवचन कार्यक्रम समेत गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषिराम सुवेदीले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker