तनहुँ जलविद्युत् आयोजनाको ३९.४२ प्रतिशत प्रगति

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ ।

आयोजनाको प्याकेज-२ अन्तर्गत १, २ र ३ को पावरहाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । आयोजनाको प्याकेज-२ अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिनुभयो । कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिने छ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको उहाँको भनाइ छ ।

प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य लिइए पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । आयोजनाको प्याकेज-२ अन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइडूोपावर लिमिटेडले पाएको छ । कम्पनीसँग विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो ।

आयोजनाका अनसार पावर हाउसतर्फ करिब एक हजार ५६ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ । कुल एक हजार चार सय ५६ मिटर मुख्य सुरुङमध्ये अब करिब चार सय मिटर सुरुङ खन्न छ । आयोजनाको प्याकेज-१ अन्तर्गत डयाम बनाउनका लागि भीर कटान भइरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा-कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker