दभुङ्ग चण्डीदेवी सहकारीको दोश्रो साधारण सभा सम्पन्न
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-५ चापाघाट स्थित दभुङ्ग चण्डीदेवी वहुउद्देश्यीय सहकारी दोश्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षता आयोजित सधारणसभालाई सम्बोधन गर्दै वडा नं. ५ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले कतिपय सहकारीले आफनो मुल मर्म अनुसार काम नगर्दा समस्या उत्पन्न भएको चर्चा गरे ।
सहकारीले आफनो उद्देश्य अनुरुप काम गर्नुपर्छ’, उनले भने, ‘सहकारीको आफनै मान्यता रहने हुँदा वहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन र कृषिमा लगानी गर्नुपर्छ । सहकारीद्वारा संचालित तोरी मिलले राम्रो सन्देश दिएको छ, यद्यापी योसँग अन्य उत्पादनलाई पनि जोड्दै जानुपुर्छ ।’
कार्यक्रममा मानुङ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकाजी श्रेष्ठ, भजन संकृतन समुहका अध्यक्ष विष्णु गौतम, चापाघाट टोल विकास संस्थाका अध्यक्ष नर वहादुर थापा, कण्टार दिदीवहिनी आमा समुहको अध्यक्ष प्रतिमा श्रेष्ठ, मगर गुठीका अध्यक्ष श्रीवहादुर थापाले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
संंस्थाले पेश गरेको प्रतिवेदनमाथी शेयर सदस्यहरुले राखेको प्रश्न र जिज्ञासामा अध्यक्ष श्रेष्ठले प्रष्ट पारेका थिए । सोही अवसरमा संस्थामा गरेको अतुलनीय सहयोगको प्रशंसा गर्दे संस्थापक अध्यक्ष काजीमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सहकारीले उत्पादन र कृषिमा विभिन्न कार्यक्रम ल्याएको हुँदाँ त्यसमा रचनात्मक सुझाव र सहयोग गर्ने संस्थाका अध्यक्ष श्रेष्ठले बताए । साधारणसभामा लेखा समितिका संयोजक विष्णुकुमार श्रेष्ठले लेखा प्रतिवेदन, कोषाध्यक्ष ताराकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने उपाध्यक्ष तिर्थ कुमार श्रेष्ठले स्वागत र सचिव राजकुमार श्रेष्ठ विविले कार्यक्रमको सहजिकरण गरेका थिए ।










