व्यासका आठ सय जनालाई अपाङ्गता परिचयपत्र

तनहुँको व्यास नगरपालिकाले हालसम्म ८८२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ८२५ र चालु आवको वैशाख २१ सम्म ५७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको बैठकले शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरेको व्यास महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाकी अधिकृत एवं समितिकी सदस्य सचिव राधा आचार्यले जानकारी दिइन । अपाङ्गता परिचयपत्र लिएमध्ये ‘क’ वर्गका १३५ जना छन् । ‘ख’ वर्गका ३३८, ‘ग’ वर्गका २२६ र ‘घ’ वर्गका ११६ जना रहेका छन् । त्यसैगरी चालु आर्थिक वर्षा ५७ जनालाई परिचयपत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २३, ‘ग’ वर्गका १९ र ‘घ’ वर्गका चार जना रहेका छन् ।
संघीय सरकारले ‘क’ वर्गका अपाङ्गतालाई मासिक रु तीन हजार ९९०, ‘ख’ वर्गकालाई रु दुइ हजार १२८ र ‘ग’ वर्गकालाई रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ। ‘घ’ वर्गका अपाङ्गता व्यक्तिलाई भत्ताको सुविधा नभए पनि स्वास्थ्य सेवालगायतका सुविधा पाउन सहज हुने व्यासकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।










