आदिकवि भानुभक्त क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धी तालिम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ स्थित आदीकवि भानुभक्त क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कलले जलवायु परिर्वतन सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
तालिमको समापन गर्दै नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य एवं तनहुँ रेडक्रसका सभापति प्रा.डा कृष्ण प्रसाद गौतमले जलबायु परिवर्तनले ल्याएको जटिलतालाई सबैले मनन गर्न जनस्तरमा सचेतना बृद्धि गर्नु अनिवार्य रहेको बताए । उनले युवाहरुले नै समाजमा सकरात्मक सन्देश फैलाउन मद्दत पुर्याउने बताए।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जलबायु परिर्वन पृथ्वीवासीका लागि निकै पेचिलो सम्मस्या रहेको र यसका न्युनिकरणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्ने बताए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तालिममा सिकेका विषयबस्तुलाई आफ्नो क्षेत्रमा गई सिकाउन अनुरोध गरेका थिए ।
सर्कलकी अध्यक्ष सुनिता तिवारीको सभापतित्वमा आयोजित समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, जिल्ला उपसभापती नारायणी अधिकारी, रेडक्रसका मन्त्री सुर्यचन्द्र हड्खले, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, आइक्यूएसि संयोजक विश्वेश्वर तिमल्सेना लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
जलवायु परिवर्तनका चुनौति विषयमा केन्द्रित रहेको सो गोष्ठीमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्दै आएका ब्यास नगर भित्रका १४ क्याम्पस र विद्यालयका यूवा र जुनियर रेडक्रस र्सकलहरुका ३४ जना प्रतिनिधि विद्यार्थीहरुको सहभागीता रहेको सचिव सविन लामिछानेले जानकारी गराए ।










