आदिकविमा परिवर्तित जलवायुमा स्थानीय कृषिलाई कसरी अनुकूलन गर्न सकिन्छ ? विषयक अन्तरक्रिया
भञ्ज्याङन्यूज

जलवायू परिवर्तन, त्यसले ल्याएका समस्या र परिवर्तित जलवायुमा स्थानीय कृषिलाई कसरी अनुकूलन गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको छ ।
आदिकवि भानुभक्त क्याम्पसमा त्रिवि, शिक्षाशास्त्र संकाय अन्तर्गत बीएड तहमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि क्याम्पसको विज्ञान तथा प्रविधि विभागले तयार पारेको पूरक पाठ्यक्रम अथवा नन क्रेडिट कोर्स प्रवोधिकरण तथा पृष्ठपोषण संकलनका लागि सरोकारवालाहरूसंग उक्त अन्तरक्रिया गरिएको हो ।
क्याम्पसको विज्ञान विभागले पुरक पाठ्यक्रम तयार पारेको र विएड तहमा विज्ञान शिक्षा विषय अध्ययनरत विद्यार्थीहरुलाई सो पाठ्यक्रम अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । नियमित पाठ्यक्रमका अलावा उक्त थप पाठ्यक्रम पर्ढाईने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
यो पाठ्यक्रमको अध्ययनबाट विद्यार्थीहरूलाई जलवायु परिवर्तन र बदलिँदो जलवायुमा कृषि पेशागत चुनौतीहरूको बारेमा थप कान्तिक तथा प्रयोगात्मक ज्ञान प्राप्त हुने उनले बताए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ जिल्ला तथा दमौली बजार इकाई समितिका प्रतिनिधि, माछा, कुखुरा र बाख्रापालक तथा दुग्ध व्यवसायी किसानहरू, व्यास नगरपालिका, पशु सेवा कार्यालय र कृषि ज्ञान केन्द्र लगायतका स्थानीय संघ संस्थाहरूको प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।










