तनहुँको ऋषिङ -४ भिरकोटमा दाउराले हानेर वृद्धको हत्या

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ऋषिङ गाउँपालिका-४ भिरकोटमा दाउराले हानेर वृद्धको हत्या भएको छ । सोही ठाउँ बस्ने ६१ वर्षीय जितबहादुर घिमिरेको दाउराले टाउको लगायतका संवेदनशील अङ्गमा हानेर हत्या भएको हो ।

वृद्धको हत्या अभियोगमा ३० वर्षीय सन्तबहादुर सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आइतबार बिहान ९:४५ बजेको समयमा स्थानीय हाइराम विकको घरको पिढीमा बसेको अवस्थामा सन्तबहादुरले जितबहादुरलाई सालको दाउराले टाउको समेतको संवेदनशील अङ्गहरुमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते जितबहादुरलाई उपचारका लागि पोखरास्थित चरक मेमोरियल अस्पतालमा पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अभियुक्त सन्तबहादुरलाई पक्राउ गरी सोमबार तनहुँ अदालतबाट सात दिनको म्याद गरिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ खाँणले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker