काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिसुलीमा खस्यो, ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा तर्फआउँदै गरेको यात्रु बाहक बस धादिङको गजुरी-२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको छ ।
उक्त दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तु जयसवालले जानकारी दिए ।
‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी नायव उपरीक्षक जयसवालले भने ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।










