नक्कली शैक्षिक योग्यता पेश गरी जागिर खाएको अभियोगमा तनहुँकी शिक्षिका विरुद्ध मुद्धा दर्ता

काठमाडौ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगमा तनहुँको व्यास-२ स्थित बालमन्दिर माविकी शिक्षिका सुनिता उपाध्याय पौडेल विरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको छ ।

अख्तियारले सुनिता उपाध्याय पौडेल विरुद्ध मंगलबार विशेष अदालत काठमाडौमा मुद्धा दर्ता गरेको हो ।

पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरु छानबिन गरी पाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज शिक्षक सुनिता उपाध्याय पौडेलले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्‍टि हुन आएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker