पृथ्वी राजमार्ग अन्तरगत दमौली–थर्पु सडक खण्ड करिव ४ घण्टापछि एकतर्फी सञ्चालन

पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको दमौली–थर्पु सडक खण्ड एकतर्फी सञ्चालन गरिएको छ । बुधबार साढे १२ बजे सडक भाँसिदा दु्ई तर्फी नै अवरुद्ध भएको सडक करिव ४ घण्टापछि एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाइनिज कम्पनिसँग समन्वय गरेर मर्मत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










