प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु

तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो ।

नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताउनुभयो ।

“कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउनका लागि रु ८० लाख बजेट अनुमान गरिएको छ”, थापाले भन्नुभयो । मन्दिरको पुनःसंरचना गरेपछि थप आकर्षण देखिने उहाँको दाबी छ ।

मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् । यहाँ साउन, एकादशी र आँैशीबाहेकका दिनमा बलि चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँसहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङबाट भक्तजन आउने गरेका छन् ।

दमौली बजारदेखि सात किलोमिटर दूरीमा अवस्थित छाब्दीवाराही मन्दिर पुग्नका लागि कालोपत्र सडकको व्यवस्था छ । गत वर्षमात्रै सडक कालोपत्र भएको थियो । मन्दिरमा शनिबार र बिदाको दिन भक्तजनको अत्याधिक भीड हुने स्थानीय हिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

मन्दिरमा हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ । छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दीवाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीका बीचमा मस्त्यगन्धाको मूर्ति आकर्षणका रुपमा रहेका छन् ।

मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छ । गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकरण तथा फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ ।

मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछालगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्नेलगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीवाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको जनाइएको छ । मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्गमा ढुङ्गा बिछ्याउने, वराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker