ऋषिङका बाढीपहिरो प्रभावितलाई रेडक्रस र दमौली बजार इकाईको सहयोग
भञ्ज्याङ न्यूज

नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरोबाट घर भत्केर विस्थापित ऋषिङ गाउँपालिका ऐरिचौपारीका २२ घर परिवारलाई त्रिपाल, कम्बल, भाँडाकुँडा तथा कपडा सहयोग गरेको छ ।
सभापति कृष्णहरि वाग्लेको नेतृत्वमा गएको टोलीले पूर्ण रुपमा घर भत्किएका १२ तथा आंशिक रुपमा भत्किएका १० परिवारलाई सहयोग वितरण गरेको सोसाइटीका उपसभापति ऋषिराम पोख्रेलले जानकारी दिए ।
सोसाइटी कोटदरबार उपशाखाको सक्रियतामा पीडितलाई राहत वितरण गरिएको सभापति इन्द्र आलेले बताए ।
यस्तै, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले सबै घरका परिवारलाई लत्ताकपडा तथा खाद्यसामग्री सहयोग गरेको सभापति भुपाल आलेले जानकारी दिए ।
एकाईले घर भत्किएका दुइ परिवारलाई सात हजार पाँच सय रपैयाँका दरले १५ हजार रुपैयाँ सहयोग समेत गरेको उनले जानकारी दिए ।