मादी नदी नियन्त्रण : पहिलो र दोस्रो चरणको निर्माण सुरु

भञ्ज्याङ समाचारदाता/तनहुँ

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज (चरण)को निर्माण सुरु भएको छ ।

पहिलो चरणप्याकेज अन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

प्याकेज-२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवं सूचना अधिकारी जगन्नाथ चापागाइले जानकारी दिए । उनका अनुसार नदी कटानले गर्दा यस क्षेत्रका केही बस्ती जोखिममा परेका थिए । उक्त नदी आसपासमा रहेका बस्तीको जोखिम न्यूनीकरण गर्न तटबन्धन निर्माणले राहत पुग्ने अपेक्षा गरिएको छ । अहिलेसम्म नदी नियन्त्रणका लागि तटबन्धन निर्माण ३० प्रतिशत सम्पन्न भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले बताए ।

आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने गरी सिद्धान्त अमनले कम्पनीले रू आठ करोड ६३ लाखमा प्याकेज-१ र रू नौ करोड ३५ लाखमा प्याकेज-२ निर्माणको ठेक्का लिएको उनले बताए । उनका अनुसार संघको विशेष अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट बजेट विनियोजन गरेको थियो ।

प्याकेज-२ अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दूरीमा ग्याबिन वाल सहितको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगको छ । त्यस्तै, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादी नदी किनारमा ग्याबिन वाल सहितको बाँध निर्माण गरिएको छ । समुन्द्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल लगाइएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker