बन्दिपुरमा एमाले उत्साहित, प्रचारप्रसार तीब्र, वडा नं. १ का उम्मेदवार श्रेष्ठको समृद्ध वडा बनाउने ५५ बुँद्धे प्रतिवद्धता
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकामा नेकपा एमालेबाट स्थानीय निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरु अहिले घरदैलोसंगै चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेका छन् । बन्दिपुरमा नेकपा एमाले र जोशी समूहबीच तालमेल चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु अहिले मतदाता भेट्न घरघरमा पुग्नुका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी रुपमा अगाडि बढाएका छन् ।
गाउँपालिकाका अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले घरदैलो अभियानले आफूहरुलाई उत्साहित बनाएको बताए । पर्यटनको केन्द्र बन्दिपुरलाई पर्यटनको माध्यमबाट समृद्ध गाउँपालिका बनाउने योजना सहित आफूहरु प्रतिस्पर्धामा उत्रिएको थापाले बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको राम्रो पकड रहेको बन्दिपुरमा तालमेल भएपछि जित्न सकिने आँकलन एमाले नेताहरुको छ । बन्दिपुरमा जोशी समूहबाट उपाध्यक्षको उम्मेदवार बनेकी केशु गुरुङ पनि उत्साहित बनेकी छन् । उनले भनिन्, ‘मतदाताको घरदैलोमा पुगेका छौं, आफ्ना चुनावी प्रतिवद्धता मतदातालाई बुझाएका छौ, उहाँहरुले देखाउनु भएको माया, आश्वासनले हामीलाई उत्साहित बनाएको छ । बन्दिपुरमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको छ ।
यस्तै, बन्दिपुरको वडा नं. १ का एमालेका उम्मेदवार शिवकुमार श्रेष्ठ पनि चुनावी प्रचारप्रसारलाई तीब्र रुपमा अगाडि बढाएका छन् । मतदाताको घरदैलोमा पुगि वडालाई समृद्ध बनाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।
एमालेका उम्मदेवार श्रेष्ठले जनप्रतिनिधी जनताको शासक हैन, जनताको सेवक हो भन्ने मुल नारालाई सधै आत्मासाथ गर्ने, नदी कटान र बाढीपहिरोबाट जोखिमपूर्ण बस्ति र खेतीयोग्य जमिनको संरक्षण गर्ने, सिंचाई, बाँधकुलो, चक्लाबन्दी, तटबन्ध आदिको वैज्ञानिक व्यवस्थापन गर्ने, गाउँपालिका र वडागत बजेटबाट रकम विनियोजन गरी सडक, नाला, ग्रा वेल र बाह्रैमहिना सवारी साधन चल्न सक्ने गरी निर्माण कार्य अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
यस्तै, करको समायोजन गर्नको लागि पहल गर्ने, करदातालाई सम्मान कार्यक्रम राख्ने, वडामा आएका सूचनाहरु वडाबासीको घरघरमा सम्प्रेषण गर्ने, दोहोरो सूचना प्रणाली कायम गर्ने, ‘आफ्नो गाउँ आफै बनाऔ’ भन्ने मुल नारालाई ध्यानमा राखी सोही अनुसार काम गर्ने, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका वडाबासीहरुलाई निष्पक्ष रुपमा छानबिन गरी निवेदन र लागत संकलन भएको आधारमा स्थलगत र्सर्भे गर्राई लालपूर्जा उपलब्ध गराउन अविलम्ब कदम चाली अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बन्दिपुर वडा नं. १ मा एमालेको तर्फाट वडाध्यक्ष उम्मेदवार बनेका शिवकुमार श्रेष्ठको ५५ बुँदे प्रतिवद्धता
१. जनप्रतिनिधी जनताको शासक हैन, जनताको सेवक हो भन्ने मुल नारालाई सधै आत्मासाथ गर्नेछौ ।
२. नदी कटान र बाढीपहिरोबाट जोखिमपूर्ण बस्ति र खेतीयोग्य जमिनको संरक्षण गरिनेछ । सिंचाई, बाँधकुलो, चक्लाबन्दी, तटबन्ध आदिको वैज्ञानिक व्यवस्थापन गरिनेछ ।
३. गाउँपालिका र वडागत बजेटबाट रकम विनियोजन गरी सडक, नाला, ग्रावेल र बाह्रैमहिना सवारी साधन चल्न सक्ने गरि निर्माण कार्य अघि बढाइनेछ ।
४. करको समायोजन गर्नको लागि पहल गरिनेछ । करदातालाई सम्मान कार्यक्रम राखिनेछ ।
५. वडामा आएका सूचनाहरु वडाबासीको घरघरमा सम्प्रेषण गर्ने प्रतिबद्धता गर्दछौ । दोहोरो सूचना प्रणाली कायम गरिनेछ ।
६. “आफ्नो गाउँ आफै बनाऔ” भन्ने मुल नारालाई ध्यानमा राखी सोही अनुसार काम गरिनेछ ।
७. भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका वडाबासीहरुलाई निष्पक्ष रुपमा छानबिन गरी निवेदन र लागत संकलन भएको आधारमा स्थलगत सर्भे गर्राई लालपूर्जा उपलब्ध गराउन अविलम्ब कदम चाली अधुरा काम पुरा गरिनेछ ।
८. सामाजिक सुरक्षा भत्ता टोलटोलमा समयमै उपलब्ध गराउनेछौ ।
९. एक घर एक सीप र एक घर एक रोजगार कार्यक्रम अन्तरगत बेरोजगारहरुलाई रोजगारीको सुजना गरी स्वरोजगार बनाउनुको लागि विभिन्न सीपमुलक तालिम उपलब्ध गराइनेछ । युवाहरुलाई उत्पादनसंग जोडिनेछ । युवा तथा महिला सशक्तिकरणमा जोड दिइनेछ ।
१०. वन्यजन्तु, वनजंगल तथा वन पैदावार संरक्षणमा विशेष ध्यान दिइनेछ ।
११. सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि पहल गरिनेछ ।
१२. हरेक घर-घरमा शुद्ध खानेपानी सस्तो र सुलभ तरिकाबाट पर्याप्त वितरण गर्न पहल गरिनेछ ।
१३. कृषियोग्य जमिनमा सिंचाई, यन्त्रिकरण र वडामा दक्ष कृषि प्राविधिकको व्यवस्था गरिनेछ । कृषि उत्पादनको बजारीकरणमा विशेष प्राथमिकता दिइनेछ ।
१४. प्रत्येक टोल विकास संस्थालाई आवश्यक बजेट विनियोजन गरिनेछ ।
१५. विभिन्न जातजाति, भाषा, रीतिरिवाज, धर्म, संस्कृति एवं भेषभुषाको संरक्षण गरिनेछ । जनजाति, उत्पिडीत दलित, चेपाङ, भुजेल महिला र अल्पसंख्यक जातिको लागि विशेष प्याकेजको कार्यक्रम लागु गराइनेछ ।
१६. जनतासंग जनप्रतिधि कार्यक्रम संचालन गरिनेछ ।
१७. घरेलु उद्योग सञ्चालनका लागि तालिम अनुदान र उत्पादनको बजारीकरणमा विशेष ध्यान दिइनेछ । घरेलु उत्पादनको प्याकेजिङ उद्योगमा विशेष ध्यान दिइनेछ ।
१८. बालबालिका, महिला, वृद्धवृद्धाहरु तथा जेष्ठ नागरिकहरुको लागि रिफ्रेस सेन्टरको व्यवस्था गरिनेछ ।
१९. भ्रष्टचार मृक्त वडा बनाईनेछ ।
२०. वडामा बहुउद्देश्यीय तालिम केन्द्रको स्थापना गरिनेछ ।
२१. वडामा २४ सै घण्टा उपलब्ध हुनेगरी दमकल, डाक्टर, एम्बुलेन्स र प्रसुती सेवा केन्द्रको व्यवस्था गरिनेछ ।
२२. बेरोजगारहरुको सूचिकरण गरी अवसरको खोजी गरिनेछ ।
२३. चुँदीखोला स्थित चिसापानीको किनारमा रहेको जग्गालाई खेल मैदान र रिफ्रेस सेन्टरको रुपमा विकास गरिनेछ ।
२४. कृषक सूचिकरण अभिलेख राखी किसान सम्मान कार्यक्रम राखिनेछ ।
२५. वडामा रहेका सामुदायिक विद्यालयहरुमा १ देखी ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजामा थप रकम विनियोजन गर्न पहल गरिनेछ ।
२६. घरघरमा स्वास्थ्य परिक्षण, औषधि वितरण, सामाजिक सुरक्षा भत्ता वितरण्को कार्यक्रम ल्याइनेछ ।
२७. “हेलो अध्यक्ष” कार्यक्रम संचालन गरिनेछ ।
२८. वडा कार्यालयमा गुनासो र सुझाव पेटीका राखिनेछ । गोपनियताको ख्याल गरिनेछ ।
२९ उचित व्यक्ति उचित स्थानको अवधारणालाई कडाइको साथ लागु गरिनेछ ।
३०. हरेक सरकारी कार्यालय र मुख्य मुख्य क्षेत्रहरुमा फि्र वाइफाईको व्यवस्था गरिनेछ ।
३१. गुर्दुम र भुजेल बस्तीलाई अर्गानीक होमस्टेको रुपमा विकास गरिनेछ ।
३२. वडाभित्रका गाउँ, टोल, तथा मुख्य बजार धुलो र फोहोरमैला मुक्त बनाइ, फोहोरमैलाको उचित व्यवस्थापन गरिनेछ ।
३३. सरल र सहज रुपमा छिटो छरितो सेवा प्रवाह गरिनेछ ।
३४. सामुदायिक विद्यालयहरुमा फिल्टर युरोगार्ड सहितको शुद्ध खानेपानीको व्यवस्था, विद्यार्थी संख्याको आधारमा शिक्षक थप दरबन्दीको व्यवस्था र शिक्षक तथा कर्मचारीहरुको मासिक तलब समयमै उपलब्ध गराउन पहल गरिनेछ ।
३५. प्रत्येक सामुदायिक विद्यालयहरुमा सुविधा सम्पन्न बाल उद्यानको व्यवस्था गरिनेछ ।
३६. साविक घाँसी कुवालाई ठुला सहरीकरण आयोजना भित्र पार्नको लागि विशेष पहल गरिनेछ ।
३७. “फोहरबाट मोहर कार्यक्रम” संचालन गरिनेछ ।
३८. जनआवश्यकता र प्राथमिकताको आधारमा बजेट निर्माण गरि विनियोजन गर्नेछौ ।
३९. पिप्ले बजार बन्दिपुर गेटमा समग्र बन्दिपुर पर्यटकीय क्षेत्रको प्रारुप झल्कने गरी सुचना केन्द्र र खानेपानी तथा सार्वजनिक शौचालय सहितको पूर्वाधार विकास गरिरनेछ ।
४०. वडाको सार्वजनिक सुनुवाइ चौमासिक रुपमा गर्नेछौ ।
४१. दलित उत्पिडित समुदाय र आर्थिक अवस्था कमजोर भएकाहरुको जिवन स्तर उकास्न विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
४२. वडा भित्र रहेका आमा समुह, महिला संजालहरुसंग समन्वय गरि महिला हकहित, सिप विकास र रोजगारीका कार्यक्रम सञ्चालन गरिनेछ ।
४३. राजश्व भुक्तानी पूर्ण रुपमा डिजिटल पाटीमा गराइनेछ ।
४४. योग तथा ध्यान केन्द्र स्थापना गरिनेछ ।
४५. लोक कला र संस्कृतिहरुको संरक्षण र संवर्द्धन गरिनेछ ।
४६. वडामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गरिनेछ ।
४७. दुध र दुधजन्य उत्पादनमा जोड दिइनेछ ।
४८. स्वास्थ्य केन्द्र, कृषि तथा पशुसेवा केन्द्रलाई व्यवस्थित गरिनरेछ ।
४९. सामुदायिक विद्यालय तथा क्याम्पसमा आवश्यक पूर्वाधारको विकार गरिनेछ ।
५०. बाटो, सोलार बत्ती, समूहगत भवन आदी व्यवस्थापनमा जोड दिइनेछ ।
५१. विभिन्न मन्दिर, मस्जिद, चर्च, गुम्बा आदीको विकास र संरक्षणमा जोड दिदै धार्मिक सहिष्णुता कायम गरिनेछ ।
५२. कार्यक्रम तथा बजेट बाडफाँडको लागि विभिन्न टोल, राजनैतिक दल, बृद्धीजिविहरुको राय, सल्लाह, सुझाव लिएर अघि बढिनेछ ।
५३. सरकारी सवारी साधन प्रयोग गरिने छैन ।
५४. वडाको महत्वपूर्ण ठाउँहरुलाई सडक सञ्जालसंग जोडी खानेपानी, विद्युत, इन्टरनेटको व्यवस्था गरिनेछ ।
५५. बाल बालिकाको लागि बाल उद्यान र वृद्धवृद्धाको लागि वृद्धाश्रमको व्यवस्था गरिनेछ ।










