मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर भानुमा महिलाको मृत्यु
भञ्ज्याङ न्यूज

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनहुँको भानु नगरपालिका-९ मा सोमबार एक महिलाको मृत्यु भएको छ ।
४३ वर्षीया तारा थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।










