सहकारी नाफामुखी भन्दा सेवा मूलक बन्नुपर्छ : नगरप्रमुख त्रिपाठी

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सहकारी संस्थाहरु नाफा कमाउने तर्फ मात्रै केन्द्रित नभई सेवा मूलक पनि बन्ने जोड दिएका छन् ।

भानु-३ को तुरतुरे बजार स्थित निर्जला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक स्थापना दिवसमा नगरप्रमुख त्रिपाठीले तुरतुरे बजार क्षेत्रमा बैंक तथा वित्तिय संस्था नभएको अवस्थामा निर्जला सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे ।

पालिका भित्र दर्तामा रहेका सहकारीहरुको अवस्था बारे अध्ययन अनुसन्धन भैरहेकाले सहकारी ऐन नियम अनुसार संचालनमा रही उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने र नितीगत रुपमा संचालनमा नरहेकालाई कारबाही गर्ने उनले बताए ।

नगर प्रमुख त्रिपाठीले मर्स्याङ्गदी आसपासको करिडोर क्षेत्रलाई योजनाबद्ध ढँगबाट विकास गर्न मर्स्याङ्गदी करिडोर क्षेत्रका पालिकाहरुसंग निकट भविष्यमा छलफल चलाउने बताए ।

सहकारीका अध्यक्ष नेत्रलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता इश्वरबहादुर घिमिरे, वडा नं. ३ का अध्यक्ष तुलकुमार गुरुङ्ग, सहकारीका निवर्तमान अध्यक्ष पदमराज श्रेष्ठ लगायतले तुरतुरे बजार तनहुँकै पुराना मध्यको महत्वपूर्ण बजार भएकाले पनि सहकारीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।

भानु नगरपालिकाको वडा नं. १, २, ३, ४, ७, ८, ९ र १० सेवा क्षेत्र रहेको सहकारीमा हाल ७ सयको हाराहारीमा शेयर सदस्य रहेका छन भने संस्थाको शेयर लगानी १ करोड र ऋण लगानी २ करोड रहेको संस्थाका कार्यकारी निर्देशक सिईओ बाबुराम घिमिरेले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker