भिमादका गुरुङ समुदायका महिलाहरुलाई जलवायु परिवर्तन सम्बन्धी तालिम

भञ्ज्याङन्यूज

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा तनहुँको भिमाद नगरपालिका-५ स्थित ऋषिङ पाटनमा दुइ दिने जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ऋषिङ पाटनका गुरुङ समुदायका महिलाहरुलाई प्रशिक्षक इन्दिरा श्रेष्ठले जलवायु परिवर्तनका असर र यसको समाधानको उपाय लगायत विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता सत्यदेवी गुरुङ समाजका अध्यक्ष ओमराज गुरुङले गरेका थिए । समापन कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी जनसम्पर्क सचिव रिना बरामले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न तालिममा सहभागी महिलालाई सुझाव दिईन । उनले थपिन ‘सिकेका कुरा अरुलाई पनि बाड्नुपर्छ । ‘

तालिममा गुरुङ समुदायका २३ जना महिलाको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागी महिलाहरु मध्य ११ जनाको समुह गठन गरी सिड मनि ३५ हजार रुपैयाँ समेत आयोजकले हस्तान्तरण गरेको छ । सो रकमबाट उक्त समुहका महिलाले लगानी गरी विभिन्न उत्पादन मुलक काममा उपयोग गर्नेछन ।

उक्त दुइ दिने तालिमको समापन गर्दै भिमाद नगरपालिका-५ का वडाअध्यक्ष पदम बहादुर थापाले जलवायु परिवर्तनका विषयमा सबै जना सचेत हुनुपर्ने बताए । उनले थपे ‘तालिममा सिकेका कुरा आफ्नो दैनिक जीवनमा उतार्नुपर्छ ।’

समापन कार्यक्रममा भिमाद नगरपालिकाकी कार्यपालिका सदस्य संगीता विक, भिमाद-५ का वडासदस्य मिना परियार र समाजसेवि तथा पूर्व डिएसपी गन्ज सिं गुरुङ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कर्मचारी हिरा तामाङले गरेकी थिइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker