सन्दीप लामिछानेलाई ८ वर्ष कैद, गौशाला २६ लाई ५ लाख रूपैयाँ क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

आजकाे फैसलामा भनिएको छ, ‘परिवर्तित नाम गौशाला ६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पिडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङं बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम रु ३ लाख जरिवाना हुने तथा पिडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु। ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ ।

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको जिल्ला अदालत काठमाडौंले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिवाना र क्षतिपूर्तिवापत सो रकम गौशालालाई दिनुपर्ने अदालतले भनेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker