नेकपा एमाले तनहुँद्वारा सदस्य मनोनित, प्रचार विभाग गठन
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले तनहुँको दोस्रो पूर्ण बैठकले जिल्ला सदस्यहरु मनोनित गरेको छ । शुक्रबार सम्पन्न बैठकले विधान अनुसार १७ सदस्य मनोनित गरेको हो ।
बैठकले रामकृष्ण देवकोटा, रामजी लौडारी, प्रेमप्रसाद पौडेल, राजु गुरुङ, ताराराम श्रेष्ठ, लक्ष्मण पौडेल, पूर्ण थापा, बिर्सना श्रेष्ठ, राधा अधिकारी, रिता ढकाल, दयाराम पौडेल, गणेश गोतामे, दीर्घबहादुर थापा, हरिकुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ, रामराजा महत र मनबहादुर गुरुङलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।
यस्तै, बैठकले प्रचार विभाग पनि गठन गरेको छ । विभागको प्रमुखमा पार्टी उपसचिव प्रदीपराज अधिकारी चयन भएका छन् । विभागको सदस्यहरुमा प्रकाशचन्द्र भट्टराइ, भुपेन्द्र कोईराला, आरके पोख्रेल, हरि रिमाल, प्रेमप्रसाद पौडेल, नारायण खड्का, समुन्द्र पौडेल र राजकुमार श्रेष्ठ विवि रहेका छन् ।










