तनहुँमा १८ थान अक्सिजन सिलिन्डर संकलन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका विभिन्न स्थानबाट १८ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली र शुक्लागण्डकीको वेलचौतारबाट ती अक्सिजन सिलिन्डर संकलन गरेको हो । प्रहरीले जिल्लाका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास बेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर कोरोना संक्रमित विरामीको उपचार्रार्थ विभिन्न अस्पतालमा पठाउने गरी संकलन गरिएको तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी गराए ।

कोभिड-१९ संक्रमितका लागि अक्सिजनको अभाव भइरहेको समयमा विभिन्न कम्पनी तथा ग्यारेजमा रहेका अक्सिजन सिलिण्डर संकलन गरेको उनले बताए । प्रहरीले शनिबार दमौलीबाट १५ थान र शुक्रबार वेलचौतराबाट तीन थान सिलिन्डर संकलन गरिएको बताइएको छ ।

यस्तै, दमौलीबाट पाँच वटा भरी सिलिण्डर र दश वटा खाली सिलिन्डर संकलन गरिएको छ भने वेलचौतराबाट तीन वटा भरी सिलिन्डर संकलन गरिएको जनाइएको छ । यता तनहुँ जलविद्युत आयोजना अन्तरगत सिनो हाइड्रो कम्पनीसंग रहेका सिलिन्डरहरु पनि प्रशासन कार्यालयको पत्रपछि संकलन गरिएको तनहुँ प्रहरीले जनाएको छ । प्रहरीले आँवुखैरेनी क्षेत्रबाट २६ वटा सिलिन्डर संकलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले विभिन्न स्थानबाट १८७ थान रिक्ता अक्सिजन ग्याँसका सिलिण्डर संकलन गरी ग्याँस कम्पनीलाई वितरण गरेको छ । संकलित सिलिण्डर संक्रमित विरामीको उपचार्रार्थ विभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

कुनै पनि कम्पनी तथा व्यक्तिसँग भएका सिलिण्डर अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गर्राई सहयोग गरिदिनु हुन अनुरोध गर्दै उनले वर्तमान अप्ठेरो अवस्थामा संकलन गरिएका सिलिण्डर पछि सम्वन्धित संस्था तथा कम्पनीलाई फिर्ता गरिने बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker