तनहुँको आँबुखैरेनी गाउँपालिकद्वारा चेपाङ विद्यार्थीलाई निःशुल्क शिक्षा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका बिद्यार्थीहरुलाई कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने भएको छ ।
गाउँपालिकाको पारित नीति तथा कार्यक्रम अनुसार वडा नम्बर ५ निवासी हाल रामशाह माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत बिद्यार्थी अमृत चेपाङको विद्यालय शुल्क, गाँस, आवास लगायतका सम्पूर्ण खर्चको गाउँपालिकाले व्यवस्थापन गरेको छ ।
लोपोन्मुख चेपाङ समुदायका बालबालिका तथा युवा युवतीलाई विद्यालय आउने वातावरण बनाउन गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।










