शुक्लागण्डकीका युवालाई मिनिटिलर मर्मत तालिम

दुलुगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका युवालाई हाते ट्र्याक्टर (मिनिटिलर) मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । वर्षेनी अनुदानमा वितरण गरिएका हाते ट्र्याक्टर मर्मतका लागि किसानले सास्ती खेप्दै आएको गुनासो आएपछि युवालाई सीपसँगै आम्दानीको अवसर सिर्जना गर्न तथा किसानलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको समन्वयमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा सञ्चालन गरिएको तालिम १५ कार्यदिन अर्थात् ७५ कार्यघण्टाको रहेको छ। नगरपालिका परिसरमा सञ्चालन भइरहेको तालिममा १२ वटै वडाका युवाको सहभागिता रहेको कृषि विकास शाखाका प्रमुख दीप उपाध्यायले जानकारी दिए । तालिममा २६ जना युवा सहभागी छन् ।
नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि प्रत्येक वर्ष किसानलाई अनुदानमा हाते ट्र्याक्टरलगायत कृषि सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ। पछिल्ला चार आर्थिक वर्षमा मात्रै ३८९ जना किसानलाई हाते ट्र्याक्टर तथा ३९ जनालाई कुटानी–पिसानीसम्बन्धी मेसिन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker