आफूखुशी स्टीकर टाँसेर बढी मूल्यमा सामान बेच्ने पक्राउ

भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे गाउँपालिका-२ रिम्लेस्थित एक होटलमा आफूखुशी स्टीकर टाँसेर बढी मूल्यमा सामान विक्री गर्ने एक जना पक्राउ परेका छन् । पृथ्वीराजमार्गका यात्रुलाई लक्षित गरी सञ्चालित पोखरा हाइवे रेष्टुरेण्ट एण्ड खाजा घरका सञ्चालक अर्जुनबहादुर रानाभाटलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।

कम्पनीको प्रिन्ट लेबल छोपेर सोमाथि आफूखुशी बढी मूल्यको सामान विक्री वितरण गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले निजलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी गराए ।

अनुगमन टोलीले उक्त खाजा घरमा जाँच गर्दा दोहोरो लेबल गरी राखेको विभिन्न खाद्यपदार्थ समेत बरामद गरेको छ । पक्राउ परेका रानाभाट विरुद्ध आइतबार कालोबजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker