क्यान महासंघ तनहुँको अध्यक्षमा भुषाल
भञ्ज्याङ न्यूज

कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुषाल चयन भएका छन् । महासंघको विहीबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति र्सवसम्मत चयन भएको हो । अध्यक्षमा चयन भएका भुषाल यसअघिको कार्यसमितिको उपाध्यक्ष थिए ।
अधिवेशनबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा मीनबहादुर कुंवर र सहसचिवमा सीता पाण्डे चयन भएकी छन् । सदस्यहरुमा रामप्रसाद भुषाल, उमेश भुषाल, पवन पौडेल, श्रवण श्रेष्ठ चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले सूचना प्रविधिको क्षेत्रमा तीन तहको सरकारसँग मिलेर काम गर्ने बताए। तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले समय सापेक्ष ढङ्गबाट अगाडी बढ्दै सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्नुपर्ने बताए ।
आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले क्यानसंग सहकार्य गरेर काम गर्न क्याम्पस तयार रहेको बताए । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष उज्ज्वल पौडेलले सूचना प्रविधिको क्षेत्रमा जागरण ल्याउन क्यानको भूमिका सकारात्मक रहेको चर्चा गरे ।
क्यान तनहुँका अध्यक्ष टीकाराम पनेरुले तीन वर्षो कार्यकालमा कोभिडका कारण सोचेजति काम गर्न नसकिएको बताए ।










