जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँ प्रहरीले दुइ जनालाई पक्राउ गर्‍यो

दमाैली । जबरजस्ती करणी गरेकाे अभियाेगमा तनहुँमा दुई जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हाे ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० लामिश्‍वारा आदर्श टोल बस्ने ४५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । उनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।

यस्तै ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-६ स्याम्घा घर भई सोही नगरपालिका-४ शितलटोल बस्ने ४३ वर्षीय एक पुरुष पक्राउ परेका छन् । उनले ती महिलालाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker