जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-३ देउराली नगर निवासी कोपिलामणि शर्मा पौडेलले जन्मदिनको अवसरमा महर्षि वेदव्यास संस्कृत माविमा अक्षयकोष स्थापना गरेका छन् ।
पौडेलले बिहीबार उक्त विद्यालयमा अक्षयकोष स्थापनाका लागि ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका हुन्। उनले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक चेतनारायण लामिछानेलाई हस्तान्तरण गरे ।
विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न बालबालिकाको अध्ययनमा सहयोग पुर्याउन अक्षयकोष स्थापना गरेको पौडेलले बताए ।











