विद्यार्थीको शैक्षिक अवस्था सुधार बारे छलफल

भञ्ज्याङ समाचारदाता/सुर्यपाल

लमजुङको सुर्यपाल स्थित श्री राम वालोदय आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था सुधारका विषयमा अभिभावक, शिक्षकहरुसंग छलफल गरेको छ । विद्यालयले शिक्षक, अभिभावक विद्यार्थी समुदाय र सरोकारवाला बिच आपसी मेलमिलाप कायम हुने गरी शैक्षिक विकास एवं स्तरोउन्नतिका लागि उक्त छलफल कार्यक्रम गरेको हो ।

आ.व. २०७९/०८० को सामाजिक परिक्षण प्रतिवेदन समेत सार्वजनिक गर्दै विद्यालयले अभिभावक भेला गरेको शिक्षक रामकुमार श्रेष्ठले जानकारी गराए । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गंगा थापाको अध्यक्षता आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम साँखीले बिषय प्रवेश, पूर्व प्रधानाध्यापक परशुराम न्यौपानेले कार्यक्रमको औचित्यका विषयमा सहजिकरण गरेका थिए ।

सामाजिक लेखा परीक्षण समिति सदस्य शिक्षिका अर्चना अधिकारी पौडेलले सामाजिक परिक्षण प्रतिवेदन २०८० प्रस्तुत गरेकि थिइन् । कार्यक्रममा मध्यनेपाल नगरपालिका-३ का वडाध्यक्ष केशव न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर बस्नेत, जनप्रतिनिधि चित्र बहादुर थापा लगायतले शैक्षिक गुणस्तर सुधारका लगि सबै आ-आफ्नो ठाउँबाट लागिपर्नुपर्नेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker