यामाहाको “रे जेडआर हाइव्रिड” स्कुटर सार्वजनिक

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

यामाहा कम्पनीले नेपालमा पहिलो पटक भित्र्याएको रे जेडआर १२५ हाइब्रिड, तनहुँको दुलेगौडा स्थित सुन्दर अटो वर्क्समा एक कार्यक्रममा मार्फत सार्वजनिक गरिएको छ ।

कम्पनीको आधिकारीक विक्रेता समेत रहेको अटो वर्क्सले आयोजना गरेको एक कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका सभापति विमल प्रसाद रिमालले स्कुटर यस क्षेत्रमा उपलब्ध रहेको घोषणा गरे । उनले अन्य स्कुटरहरुमा भन्दा बढी सुविधा रहेकाले खरिद गर्न ग्राहकहरुलाई आग्रह गर्दै आफुले समेत खरिद गरेर पहिलो सेवाग्राही बन्ने बताए ।

यामाहा कम्पनीले उत्पादन गर्ने सवारी साधनको विक्री वितरण गर्दै आएको मोरङ अटो वर्क्स (एमएअडब्लु)का एरिया सेल्स म्यानेजर सुवास मैनालीले स्कुटरको विशेषता बारे जानकारी दिए । मैनालीका अनुसार यामाहा नेपालले ल्याएको रे जेडआर १२५ हाइब्रिडमा चार ट्रिमहरू स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम-प्रिमियम प्लस उपलब्ध छन ।

रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सिसी ब्लु कोर इन्जिन छ । साइलेन्ट स्टार्टरका रूपमा पनि चिनिने यो प्रणाली इन्धन दक्षतालाई मद्दत गर्न इलेक्टि्रक मोटरका रूपमा दोब्बर हुन्छ । इलेक्टि्रक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँछ ।

रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको हो, जसमा पूर्ण डिजिटल इन्स्टुमेन्ट क्लस्टर र एलइडी हेडल्याम्प रहेको छ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ मात्र ९९ किलोग्राम तौल भएको यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन र २१ लिटर अन्डर-सिट भण्डारण सुविधा छन् ।

वर्क्सका सञ्चालक आनन्द सुन्दर श्रेष्ठले नयाँ यो स्कुटरले बहाकलाई ६० किलोमिटरसम्मको माइलेज दिनुका साथै दुर्घटना कम गर्न समेत मद्दत पुर्‍याउने दावि गरे । रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुइ लाख ७९ हजार नौ सयबाट सुरु हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker