ऋषिङ्गमा गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनी मेला

तनहुँको ऋषिङ्ग गाउँपालिकामा गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनी गरिएको छ । ११औं राष्ट्रिय विज्ञान दिवस-२०८० को अवसरमा गाउँपालिकाको सहयोगमा व्यास-१ विज्ञानचौर दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले विज्ञान मेला-२०८० सञ्चालन गरेको हो ।

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला-२०८० को शुभारम्भ गर्दै ऋषिङ्गको प्रविधिको विकास तर्फ मार्गदर्शन गर्दै आम विद्यार्थिका भावनाहरुलाई साक्षात्कार गर्ने माध्यम मेला बनेको बताए ।

उनले गाउँपालिकाको अगुवाई तथा आफ्नै बजेटबाट भौतिक र सामाजिक बिकाससँगै प्रविधिको क्षेत्रमा संसारले मारेको फड्कोलाई आत्मसात गर्दै ऋषिङ्गलाई विज्ञान तथा प्रबिधिको क्षेत्रमा पनि एक अभियान थाल्ने बताए ।

ऋषिङ्गका आकांक्षाहरुलाई यो कार्यक्रम एक सुचकको रुपमा रहने र यसका सुचकहरुलाई गाउँपालिकाले सर्बाङ्गण्िा बिकासका लागि आधार बनाएर समग्र ऋषिङ्ग विकासका निमित्त कार्यक्रमहरु लागु गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले मेलाले क्याम्पसका विद्यार्थिहरुका लागि प्रविधि विकासको आधारभुत सिकाईका कार्यमञ्च निर्माण गर्ने र ऋषिङ्गमा प्रविधिको बिकाससँगै यसका प्रचारमा क्याम्पस सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

यस्तै, मेलामा विज्ञान सामाग्री प्रदर्शनी तर्फ शिव सरस्वती मा.वि., बत्तृत्वकला तर्फ सरस्वती आधारभुत र चित्रकला तर्फ दिपक मा.बि.ले सर्बोत्कृष्टता प्राप्त गरेका थिए ।

क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, क्याम्पस संचालक समिति सदस्य मोहन गिरि, प्रमुख प्रशासकीय अधिकृत चीन बहादुर रानाभाट, आदिकबी भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, शिव सरस्वती माबिका अध्यक्ष दान बहादुर श्रेष्ठ, शान्ती माविका प्रधानाध्यापक ऋषिराम रानाभाट लगायतले मेलाको महत्व र यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकामा पार्ने सकरात्मक प्रभावका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker