कांग्रेस तनहुँद्वारा पौडेल, घिमिरे र थापाको स्वास्थ्य लाभको कामना, सावधानी अपनाउन जिल्लाबासीमा आग्रह
भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाली कांग्रेस तनहुँले पार्टीका तीन नेताको स्वास्थ्य लाभको कामना गरेको छ । पार्टी सचिव विश्व बाँस्तोलाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपचाररत पूर्व सभापति, पूर्व सचिव र पार्टीका तर्फाट वडाअध्यक्षमा निर्वाचित नेताहरुको स्वास्थ्य लाभको कामना गरेको हो ।
पार्टीका पूर्व सभापति रघुनाथ पौडेल दमौली हुँदै पोखरा र पोखराबाट अहिले काठमाडौंस्थित ह्यम्स अस्पतालमा उपचार भइरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, पार्टीका पूर्व सचिव एवं म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको पनि पोखरामा गरिएको उपचारबाट स्वास्थ्यमा सुधार नआएपछि अहिले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । घिमिरेमा कोभिड-१९ संक्रमण देखिएको र स्वास्थ्यमा सुधार भइरहेको कांग्रेस तनहुँले जनाएको छ ।
व्यास नगरपालिका-९ का वडाध्यक्ष सुरेश थापा पनि कोभिड-१९ संक्रमण भई स्वास्थ्य लाभ लिइरहेको हुँदै सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
त्यस्तै तनहुँ कांग्रेसले पछिल्लो समय जिल्लामा कोरोना भाइरस संक्रमणको असर र प्रभाव विस्तारित हुँदै गएको विद्यमान समयमा सम्पूर्ण जिल्लाबासीमा र्सतर्कता र सावधानीका लागि अपिल गरेको छ ।