बुद्ध दाहाल बहिरा प्राविलाई आर्थिक सहयोग

तनहुँको व्यास नगरपालिका-१ खकौली स्थित बुद्ध दाहाल बहिरा प्राथामिक विद्यालयलाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ। तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य डा. स्वणिर्म वाग्लेको पहलमा नेको फाउण्डेशनको सहयोगमा रु. तीन लाखमध्ये पहिलो चरणमा रु. एक लाख सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विकास सिग्देल, सहसंयोजक सूर्यमणि पौडेल, जिल्ला नेता बिश्व बास्तोला, चूडामणि दाहाल लगायतकाले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेत, प्रधानाध्यापक भैरब पन्थलाई संयुक्त रुपमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

करिब सोह्र वर्ष अघि नेपाल सरकारले गरेको निर्णय अनुरुप अहिलेको महँगीको समयमा पनि मासिक रु. चार हजारले तेत्तीस जना बालबालिकालाई खर्च धान्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजंग बस्नेतले बताए ।

साँसद वाग्लेबाट प्राप्त भएको सहयोग रकमबाट बालबालिकाहरुको पौष्टिक आहार खुवाउनमा सहज हुने बिश्वास व्यक्त गरे । केही दिनअघि जिल्लामा घरदैलो अभियानमा आएका साँसद वाग्लेलाई भेट गरी विद्यालयको समस्याका बारेमा जानकारी गराएको छोटो अवधिमै सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक भैरब पन्थले बताए ।

उक्त विद्यालयमा तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, कास्की र नवलपरासीका जिल्लाका बालबालिकाहरु अध्ययनरत छन् । हाल उक्त विद्यालयमा २६ बालक र ६ बालिका गरी ३३ जना बालबालिका अध्ययनरत हुँदै आएको प्रअ पन्थले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker