तनहुँका साहित्यकार अधिकारीलाई शक्ति पुरस्कार
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ । रण स्मृति पुरस्कार संस्था बागलुङले उक्त पुरस्कारबाट साहित्यकार अधिकारीलाई प्रदान गर्न लागेको हो ।
संस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारका लागि अधिकारीलाई छनोट गरेको बताइएको छ । गीतल प्रतिष्ठान तथा नाटक मन्च तनहुँका अध्यक्ष अधिकारीलाई उक्त पुरस्कार भदौ २० गते बालमन्दिर आधारभूत विद्यालय बागलुङमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने भएको छ ।










