लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने

भञ्ज्याङ समाचारदाता/दमौली

सामाजिक विकास कार्यालय तनहुँले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल बनाउनका लागि बुधबार समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

कार्यालयका प्रमुख विक्रम सुवेदीको अध्यक्षतामा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले लैंगिक हिंसा न्यूनीकराणका लागि सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य जरुरी रहेको भन्द हिंसा न्यूनीकरणमा सञ्चार माध्यमको भुमिका महत्वपूर्ण हुने बताए ।

जिल्ला समन्वय अधिकारी थमन सिंह थापाले सबै सरोकारवाला निकायले हातेमालो गरेर प्रभावकारी काम गर्न सके हिंसा न्युनीकरणमा सफलता मिल्ने बताए । उनले १६ दिने अभियानलाई ओझेलमा पार्न नदिन तनहुँका सम्पूर्ण स्थानीय तहले विभिन्न कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्त राज पौडेलले जहाँ विभेद हुन्छ त्यहाँ हिंसा सुरुवात हुन्छ भन्ने मान्नु पर्ने बताउदै हिंसाको अन्त्यको खोजी र उपायका लागि कार्ययोजना बनाएर अगाडि बढ्दा प्रभावकारी हुने बताए ।

सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले म यो काम गर्न सक्छु भन्ने मनोभावना जिम्मेवार निकायमा भएको अवस्थामा हिंसा निर्मुल गर्न सकिने बताए । सामाजिक विकास बिना दिगो र भौतिक विकासको सम्भावना नरहेको भन्दै सुवेदीले तनहुँलाई हिंसा रहित जिल्ला घोषणाको लक्ष्यमा सामाजिक विकास कार्यालय रहेको सुनाए ।

कार्यक्रममा म्याग्दे गाउँपालिका महिला शाखा प्रमुख शारदा पौडेल गैह्रेले १६ दिने लैंगिक हिंसा कार्यक्रमका उद्धेश्यहरु पुरा गर्ने गराउने कार्य सबैको भएको हुदाँ अभियानमा सबैको सहभागिता जरुरी हुने बताइन् ।

उक्त कार्यक्रममा, प्रहरी प्रमुख राजेन्द्र बाबु रेग्मी, कोशिस नेपालका प्रतिनिधि, पालिकाका प्रतिनिधिहरू तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । बैठकले १६ दिने अभियान सफल बनाउनका लागि कार्य योजना समेत बनाएको म्याग्दे गाउँपालिका महिला शाखा प्रमुख गैह्रेले जानकारी दिइन् ।

त्यस्तै व्यास नगरपालिकाले पनि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल बनाउन बुधबार तयारी बैठक सम्पन्न गरेको छ । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा आयोजित बैठकले प्रत्येक वडाका हिंसा बिरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको व्यास नगरपालिका महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिइन् ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत नगरपालिकाका प्रत्येक वडामा सामाजिक अभियान्तासगँ छलफल गर्ने, प्रतिबद्धता व्यानरहरु १४ वटै वडामा राख्ने, हिंसा निवारण सम्बन्धी प्रशिक्षण राख्ने, हिंसा पीडित महिलाको डाटा कलेक्सन गर्ने र आर्थिक सहयोग गर्ने बताए । उनले अभियानलाई सफल बनाउन सामाजिक अभियान्तासँग मात्र नभएर हिंसामा परेका महिला र पुरुष दुबैलाई लक्षित गर्दै उनीहरुको न्यायका लागि वडामा नै कार्यक्रम गरिने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले अभियान सफल बनाउन सबैको सहकार्यको आवश्यकता पर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सुरुवात व्यास नगरपालिकाले सेतो रिवन वितरण गरि सुभारम्भ गर्ने जानकारी दिए ।

अभियान अवधिभर विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक प्रचार सामग्री, बहसमूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । बैठकमा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker