पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे-छिर्कने भञ्ज्याङ खण्डमा कालोपत्रे सुरु

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा मुग्लिन सडक खण्ड अन्तर्गत पूर्वतर्फ कालोपत्रेको काम सुरु भएको छ । तनहुँको डुम्रेदेखि छिर्कने भञ्ज्याङसम्म पहिलो चरणमा पिच गर्न लागिएको हो । आइतबारदेखि कालोपत्रे सुरु भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यहाँको ३ किलोमिटर सडक तिहार अघि नै कालोपत्रे सम्पन्न गर्ने योजना छ ।

आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८२ किलोमिटर सडक खण्डलाई २ वटा ठेक्का लगाएर स्तरोन्नति गर्न लागिएको हो । पूर्वी खण्ड आँवुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो खण्ड जामुनेदेखि पोखरासम्म छ । दोस्रो खण्डभन्दा पहिलो खण्डमा काम तीव्र रुपमा भैरहेकाे छ ।

जेठमा बरादी खण्डमा ३ किलोमिटर सडक पिच भैसकेको छ । यो आर्थिक वर्षको पहिलो पटक पिच गरिएको उनले बताए । हालसम्म ३७ प्रतिशत हाराहारी काम सकिएको उनले जानकारी दिए । ‘कोरोना लगायतका कारण प्राकृतिक समस्या भएको थियो । ठेकेदारका कारण रोकिएको छैन । कोरोना अवधि थप्दा सम्झौता अवधिमै काम सकिने विश्वास छ,’ उनले भने, ‘अहिलेसम्म कल्भर्ट, कटिङ लगायत काम अलि ढिलो भयो । अब मेसिनले गर्ने काम हो, अलि छिटो जान्छ ।’

उनले तिहार लगत्तै डुम्रेको नालापुलदेखि छिर्कनसम्मको सडक पिच गरेर आँबुखैरेनी क्षेत्रमा जाने बताए । हाल ४ मध्ये २ लेनमा पिच गर्ने काम भइरहेको छ । पूर्वी खण्ड ४१.४५ किलोमिटर छ । २०८१ वैशाखसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएकोमा तोकिएको म्यादभित्र काम सम्पन्न हुने सम्भावना निकै कम छ । २०७७ माघ १७ गते चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । यसको लागत ६ अर्ब २१ करोड ३१ लाख छ ।

एसियाली विकास वैंकको २१ अर्ब ५० करोड सहुलियत ऋण सहयोगमा सडक स्तरोन्नति गर्न लागिएको हो । पश्चिम खण्डको काम भने निकै सुस्ताएको छ । यो सडक २५ मिटर फराकिलो हुनेछ भने सहरी क्षेत्रमा ४१ मिटर हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker