लमजुङमा भोज खाएका १ महिलाको मृत्यु, ३९ जना बिरामी

भञ्ज्याङ समाचारदाता/लमजुङ

लमजुङको सुन्दरबजार नगरपालिका ८, डुडकुलामा क्रिसमसको क्यारल भोज (सामुहिक भोज) खाएर बिरामी भएकामध्ये १ जना महिलाको मृत्यु भएको छ । भोज खाएकामध्ये ३८ जना बिरामीको सुन्दरबजारस्थित एडचडीसीएस-नमुना अस्पतालमा उपचार भइरहेको छ । एकजना विरामी बेंसीशहरस्थित लमजुङ अस्पतालमा उपचारका लागि आएकोमा उनलाई रिफर गरी पुरानो मेडिकल कलेज पठाइएको छ ।

अस्पतालका अनुसार भोज खाएपछि सिकिस्त विरामी परेका बेंसीसहर नगरपालिका ४, पुरानकोट घर भइ हाल सुन्दरबजार नगरपालिका ९, भोटेओडार बस्दै आएकी ३२ वर्षीया देवी परियारको मृत्यु भएको हो । अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार आइतबार बिहानीपख ४-५ बजेतिर बेहोस् भएपछि ती महिलालाई अस्पताल ल्याएको र अस्पताल ल्याउनेवित्तिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए । उहाँका अनुसार भोज खाएपछि बिरामी भएका ३८ जनाको एचडीसीएस-नमुना अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । बिरामी परेकामा एकै घरकाहरु समेत छन् । बिरामीमध्ये १० जना पुरुष र २८ जना महिला छन् । यसमा १५ वर्ष मुनिका ३ जना बालिका र ८ जना बालक छन् ।

सुन्दरबजार नगरपालिका ८, डुढकुलाका क्षेत्रबहादुर गुरुङ घरमा शुक्रबार साँझ अनन्त सालोम चर्चमा आवद्ध सुन्दरबजार नगरपालिका ८ र ९ बस्दै आएका स्थानीय क्रिसमसको अवसरमा क्यारल भोज (सामुहिक भोज) खाएका थिए । त्यसपछि घर गएका उनीहरुमा पखाला लाग्ने, बान्ता हुने, पेट दुख्ने, शरीर कमजोर भइ काम्ने जस्तो लक्षण देखिएको थियो । उपचार र औषधी नखाई घरमै बसिरहेका उनीहरुमध्ये देवी गम्भीर भएपछि अस्पताल लगिएकोमा उहाँको मृत्यु भएको थियो ।

उनीहरुले कालो दाल, भात, कुखुराको मासु, मुलाको अचार, गाउँघरको धाराको पानी खाएको बताएका छन् । करिब ४० जनाले भोज खाएको उनीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी थानेश्वर चपाइले भोज खाएर बिरामी परेकामध्ये १ महिलाको मृत्यु भएको र अन्यको उपचार भइरहेको बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker